aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

टेली मेडिसिन सेन्टरको सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
टेली मेडिसिन सेन्टरको सञ्चालन

काठमाडौं । कोभिड-१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट संयुक्त रुपमा पहल भएको छ । यस अभियानको लागि नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलि मेडिसिन सेन्टर अन कोभिड-१९आजै देखि संचालनमा आएकोे छ ।
 
टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममाचेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुमारम्भ गरिएको हो । 

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाटयस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमामूख्य प्रयोजन गर्न पाउदाखुशी लागेको बताए । 

उक्त अवसरमा श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

यस केन्द्र संचालनका लागि साल्ट टेडिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना  रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले Mero Doctor एप डाउनलोड गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस