aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भोलि चीनबाट ९ लाख डोज खोप काठमाडौं आइपुग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
भोलि चीनबाट ९ लाख डोज खोप काठमाडौं आइपुग्ने

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी जिङपिङले नेपाललाई अनुदानमा दिने घोषणा गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा भोलि मंगलबार काठमाडौं आइपुग्ने भएको छ ।परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइन लागिएको हो ।

८ लाख डोज खोप मंगलबार दिउँसो दुई बजे काठमाडौं आइपुग्नेछ । मन्त्रालयका अनुसार खोप ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज राती बेइजिङ प्रस्थान गर्दैछ ।हिमालय एयरलाइन्सको जहाजले कुन्मिङबाट मंगलबार १ लाख र बुधबार अर्को एक लाख डोज खोप काठमाडौं ल्याउनेछ । 

चीनले यसअघि पनि नेपाललाई ८ लाख खोप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस