aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

१५ हजार टेष्ट गर्दा ४१७८मा कोरोना पुष्टि, ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला कति छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
१५ हजार टेष्ट गर्दा ४१७८मा कोरोना पुष्टि, ५ सयभन्दा बढी संक्रमित भएका जिल्ला कति छन् ?

काठमाडौं ।  पछिल्लो २४ घण्टामा १५०५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट ११४ जनाको मृत्यु भएको छ ।  सोमबार  ६४९१ जना संक्रमण निको भएका छन। सबैभन्दा धेरै कोरोना सक्रमित काठमाडौंमा ८९० पुष्टि भएका छन् । 

पाँच सयभन्दा बढी संक्रमित उपचार गरहेका प्रदेशमा वागमती प्रदेशका धेरै जिल्लाहरु परेका छन् । वागमतीका १२ वटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचारत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, प्रदेश १ मा चार जिल्ला, प्रदेश २ मा ८, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ८, कर्णाली प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा ६ वटा जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचारत रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस