aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

यस्ता छन् आँखा बिगार्ने घातक कालो ढुसीका लक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
यस्ता छन् आँखा बिगार्ने घातक कालो ढुसीका लक्षण

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा अहिले केहि मानिसहरुमा पुष्टि भएको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा नै ध्यान पुर्याउन आवश्यक रहेको छ । 

यस्ता छन् कालो ढुसीका लक्षणहरु 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यदि कुनै व्यक्तिमा कालो ढुसी भएमा अनुहार, मुख, नाक, आखाँ वरिपरि दुख्ने गर्छ । त्यस्तै, ज्वरो आउने, आँखा नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखा धमिलो देख्ने, नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिँगान आउने र दाँत दुख्ने वा हल्लिने लक्षण देखिने मन्त्रालयले जनाएको छ ।   


 

प्रतिक्रिया दिनुहोस