aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप ६०८५ जनामा कोरोना संक्रमण, ६८९८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ जेठ २०७८
थप ६०८५ जनामा कोरोना संक्रमण, ६८९८ जना निको भए

काठमाडौं । नेपालमा ६०८५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ५२८५ जना र एन्टीजेन परिक्षणबाट ८०० जना गरि जम्मा ६०८५  जना नयाँ संक्रमित थपिएका हुन् ।      

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ५८७ रहेको छ । संक्रमित मध्ये चार लाख ५४ हजार ३४४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ६८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७४५४ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस