aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

यी तीन देशमा नियमित उडान शुरु, कुन एअर लाइन्सको कुन दिन उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ जेठ २०७८
यी तीन देशमा नियमित उडान शुरु, कुन एअर लाइन्सको कुन दिन उडान

काठमाडौं । सरकारले मंगलबारदेखि भारतसहित चार देशमा अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा गत हप्ताको मन्त्रीपरिषद्को बैठकले टर्की, चीन र कतारमा नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

भारतसँग पहिलादेखि नै एयर बबल सम्झौता बमोजिम हप्तामा दुई उडान चालु अवस्थामा रहेकाले भारतको उडानमा थप निर्णय गर्न नपर्ने भएको मन्त्रालयका सूचना अधिकार प्रेम सुवेदीले बताएका छन । 

भारत तर्फको उडानमा हरेक बुधबार नेपाल एयरलाइन्स र शुक्रबार एयर इन्डियाले यो सम्झौतामार्फत उडान गर्दै आएका छन् । यस सम्झौता अन्तर्गत नेपाल र भारतका नागरिकमात्रै आउजाउ गर्न पाउनेछन् ।

मन्त्रीपरिषदको निर्णय अनुसार प्राधिकरणले जुन २०२१ को एक महिनालाई लागू हुने गरी तीन वायुसेवाको उडान तालिका स्वीकृत गर्दै नियमित उडान खुलाउने निर्णय गरेको छ । यस्तो उडान अनुसार विहीबारबाट टर्की र २४ जेठबाट कतारमा नियमित उडान शुरु हुने प्राधिकरणले जनाएको छ ।

टर्किस एयरलाइन्सले हरेक हप्ता बिहिबार उडान अनुमति पाएको छ । कतारमा हरेक सोमबार दिनको दुई उडान हुनेछ । त्यस्तैगरि चीनमा पनि सातामा दुईवटा उडान हुने सुवेदीले बताए । 

प्रतिक्रिया दिनुहोस