
काठमाडौँ। अमेरिकी राष्ट्रपति जो वाईडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राख्ने निर्णयलाई सदर गरेका छन्। उनले पनि हुवावेलाइ अमेरिकी आपूर्तिकर्ताबाट टाढा राखेका छन्। र, हुवावेका स्मार्टफोनको कारोबारलाई समेत अमेरिकामा रोक्न खोजेका छन्।
चीनको बजारमा आफ्नो अग्रणी स्थान बनाएको हुवावेले विश्वव्यापी बजार कब्जा गर्ने लक्ष्य राखेको देखिन्छ। अब आफ्नै स्वामित्वमा अपरेटिंग सिस्टम (प्रणाली) नै विकास गरेपछि उसको त्यो सपना पुरा हुने बाटोमा देखिएको छ। समाचारहरूमा उल्लेख भए अनुसार हुवावेले सुरुमा ल्यापटप र ट्याब्लेटमा यसको प्रयोग गरेपछि अब मोबाइलमा लागु गरेको हो। बुधवार साँझ एक समारोहबिच हुवावेले यो अपरेटिंग सिस्टमको मोबाइल भर्सन 'हार्मोनी-२' सार्वजनिक गरेको हो।
यो कम्पनीले गुगल र एप्पलका मोबाइल अपरेटिंग सिस्टमको भर नपर्ने निर्णय गरेपछि अब स्मार्टफोनको बजारमा हुवावे निकै बलियो रूपमा प्रस्तुत हुने देखिएको छ। हुवावेले आफ्नो नयाँ अपरेटिंग सिस्टमलाई 'हार्मोनी ओएस' नामकरण गरेको छ।
एप्पलको आईओएस र गुगलको एन्ड्रोइडमा प्रतिस्पर्धी वैकल्पिक अपरेटिंग सिस्टम स्थापना गर्न यसभन्दा पहिले पनि प्रयास गरिएको थियो। माइक्रोसफ्ट र सामसुङले गरेका यस्ता प्रयास असफल भएका थिए। तर, एन्ड्रोइडको प्रयोगबाट अलग्गिएपछि हुवावेसँग स्मार्टफोन बेच्नका लागि आफ्नै अपरेटिङ सिस्टम सुरु गर्नु बाहेक अर्को विकल्प थिएन।
समाचारहरूमा उल्लेख भए अनुसार हुवावेले आशा गरिरहेको छ कि उसले दक्षिण कोरियाली कम्पनी सामसुङ वा कम से कम अरू चिनियाँ स्मार्टफोन निर्माताहरू जस्तै: जिओमीलाई उनीहरूको फोनमा नयाँ अपरेटिंग प्रणाली प्रयोग गर्न प्रोत्साहित गर्न सक्छ।
गुगलको सबैभन्दा धेरै प्रयोग भएको स्मार्टफोन अपरेटिंग सिस्टम एन्ड्रोइड छ। केही वर्ष पहिले सामसुङले 'टिजेन' नामको प्रतिद्वन्द्वी अपरेटिंग प्रणाली सुरु गर्यो, तर यसले सफलता प्राप्त गर्न सकेन। माइक्रोसफ्टले विन्डोजको मोबाइल संस्करणको साथ फोन बेच्न पनि कोसिस गर्यो, तर यसले पनि राम्रो व्यापार गर्न सकेन।
प्रतिक्रिया दिनुहोस