
काठमाडौं । कोरोना महामारीका कारण स्वास्थय पूर्वाधारको अभाव झेलिरहेका विभिन्न अस्पताललाई बतास अर्गनाइजेसनको सामाजिक संस्था बतास फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर उपलब्ध र राहत सामग्री सहयोग गरेको छ । बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पतालका लागि करिब १९ लाख रकम पर्ने १० थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, बतासको भगिनी संस्था बीपीएस पेट्रोलियमका प्रबन्ध सञ्चालक शिव अर्यालबाट देवचुली नगरपालिका वडा नं. ५ मा रहेका दुम्कौली कोभिड अस्पताललाई तीन लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । बन्दीपुर आधारभूत स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर सोहि नगरपालिकाको ५ नं वडाका वडाध्यक्ष शिवलाल सापकोटालाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
बतास फाउन्डेसनका अनुसार आईआरडब्लू नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय परिवालाई खाद्यान्न प्याकेट उपलब्ध गराउने प्रक्रियामा रहेका छ । जसअनुसारती घरधेरीमा २५ केजीको चामल, मुसुरो ३ केजी, चिनी, नुन २ केजी, तेल तथा साबुन वितरण गरिनेछ । यसको अनुमानित लागत १३ लाख हुनेछ ।
त्यसैगरि, फाउन्डेसनले आउँदो महिनामा रसुवाको नौकुण्ड अस्पतालका लागि १२ लाख बराबरको ५० थान अक्सिजन सिलिण्डर उपलब्ध गराउने योजना पनि रहेको बतास फाउन्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस