
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल फैलिएको कोभिड १९ को नयाँ भेरियन्ट डेल्टा नामको हो । उक्त भेरियन्टलाई वैज्ञानिक भाषामा बी.१.६१७.२ नाम दिइएको छ । जुन भेरियन्ट पछिल्लो पटक भारतबाटै फेलिएको हो । यसवाहेक नेपालमा कुनै पनि नयाँ भेरियन्ट भेटिएको छैन ।
मन्त्रालयले आधिकारिक सूचना जानकारी नलिइ नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचार प्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको र सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई जिम्मेवार बन्न सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस