aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० जेठ २०७८
थप ६८२५ जनामा कोरोना संक्रमण, ५९०४ जना निको भए

काठमाडौं । नेपालमा ६८२५  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ५८२५ जना र एन्टीजेन परिक्षणबाट १००० जना गरि जम्मा ६८२५  जना नयाँ संक्रमित थपिएका हुन् ।      

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ७६ हजार ९३६ रहेको छ । संक्रमित मध्ये चार लाख ६७ हजार ४६७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या एक लाख १८ हजार ३९ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ५९०४ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ७५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७६३० पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस