
काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन नोकिया सी २० सार्वजनिक गरेको छ । तीन वटा छुट्टै स्मार्टफोन सिरिजमध्य एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउने कम्पनीले जनाएको छ । यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्ने छ ।
लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन, बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड ११ गो एडिसन र सुरक्षा अपडेट–सबै डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेशनमा १०,९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवर भन्छन, “नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ। लभ इट–हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन्।ट्रस्ट इट–हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् । ”
उनले अगाडि थपे, “जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ।किप इट–एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टम अपग्रेड्सका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको छ। जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ।”
प्रतिक्रिया दिनुहोस