aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० जेठ २०७८
झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल

झापा । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।  उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस