
काठमाडौं । पछिल्लो २४ घण्टा भित्र थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लाका गरि थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टाभित्रैमा झापामा तीन सङ्क्रमितको ज्यान गएको छ । कोरोना संक्रमणबाट आज बिहान मोरङको उर्लाबारी–१ का ५२ वर्षीय पुरुष, बिहीबार दिउँसो साढे ४ः०० बजे पथरीशनिश्चरे–१० का ७० वर्षीय पुरुष र बिहान साढे ८ बजे दमक–८ की ७० वर्षीया एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, बितेका २४ घण्टाभित्र वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका पाँच कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाबाट ग्रसित रहेका चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका निवासी दुई र रौतहट निवासी तीन कोरोना सङ्क्रमित रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए । उनले वीरगञ्ज–१६ नगवा निवासी ५५ वर्षीय पुरुष र वीरगञ्ज–१७ अलों निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको बताए ।
त्यसैगरी रौतहटको गौर नगरपालिका–७ निवासी ७० वर्षीया महिला, बरथवा नगरपालिका–५ निवासी ५५ वर्षीय पुरुष र रौतहटकै रौधामाई नगरपालिका–६ निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस