
पोखरा । गण्डकी प्रदेश सभा सदस्य राजिब पहारी कोरोनाका कारणका समस्यामा परेका परिवारका लागि सहयोग जुटाउन लागेका छन् । कोरोना नियन्त्रण र संक्रमीत जनताको उपचारमा दत्तचित्तले लागि परेका साम्सद पहारीले पोखरा महानगर वडा न २४ स्थित कास्किकोटका बिपन्न र आर्थिक अबस्था कमजोर भएका जनतालार्इ सो सहयोग हस्तान्तरण गरेका हुन।
शुक्रबार पहारिको समन्वयमा नमस्ते सामुदायिक प्रतिस्ठान नेपाल र बडरफाइ फाउन्डेसनको सहयोगमा ४५ परिबारलार्इ चामल ,तेल ,तरकारी ,नुन लगायतका रु एक लाख पचास हजार बराबरको खाद्य सामाग्री प्रदान गरिएका हुन ।
सो अबसरमा पहारीले कोरोना माहामारिका कारण यसको नियन्त्रणका लागि कास्किमा घोषणा गरिएको लकडाउनका कारण श्रमजीवी जनताको जीवन कष्टकर बन्दै गैरहेको बेलामा उहाँहरुको दुस्खमा सारथि बनेर सहयोगमा जुटेको प्रतिक्रिया दिए। उनले जनताको दुस्ख आफ्नो दुस्ख भएको भन्दै लकडाउनलाइ पुर्ण पालना गरि कोरोना नियन्त्रणमा सहयोगी बन्न आग्रह गर्दै अप्ठ्यारोमा सिधै सम्पर्क गर्न आग्रह समेत गरे।
आफ्नो लागि जनताको जीवन आफ्नो जीवन भन्दा महत्वपूर्ण भएको भन्दै निर्धारित स्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न आग्रह गरे। सो अबसरमा पोखरा महानगर वडा न २४ का अध्यक्ष ओम सुवेदीले कठिन परिस्थितिमा साथ दिने नै जीवनकालमा महत्त्वपूर्ण हुने भन्दै साम्सद पहारिलाइ धन्यवाद ब्यक्त गरे। सुबेदिले पहारिलाइ दुस्खमा साथ दिने कामलाई निरन्तरता दिदै बिकासलाइ समेत यो अप्ठ्यारो अबस्थामा निरन्तर चासो र खबरदारी गरेको भन्दै पहारीको कार्यको सर्हाहना समेत गरे।
यस लगत्तै साम्सद पहारीले पोखराका उप मेयर मन्जुदेबी गुरुङ र प्राबिधिकहरु सहित उक्त वडामा संचालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण र अनुगमन समेत गरेको उनका स्वकिय सचिब साजन सुवेदीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस