
काठमाडौं । नेपालमा ६६५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ४६२४ जना र एन्टीजेन परिक्षणबाट २०२९ जना गरि जम्मा ६६५३ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ८१ हजार ५६० रहेको छ । संक्रमित मध्ये चार लाख ७६ हजार १३० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८६६३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १०१ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७७३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस