aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भारत बल्ल चेते छ, कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ जेठ २०७८
भारत बल्ल चेते छ, कोरोनाको तेस्रो लहर विरुद्ध अहिलेदेखि नै तयारी

नयाँ दिल्ली ।  भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाभाइरसको तेस्रो महामारी विरुद्ध तयारी शु गरेका छन । उनले सरोकारवालाहरुसँग यसअघि झै शुक्रबार पनि छलफल गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । 

तेस्रो चरणको महामारीका बेलामा हुन सक्ने सम्भावित क्षति र त्यसको न्यूनीकरण तथा नियन्त्रणका लागि गर्न सकिने उपायहरुका बारेमा उनले परामर्श लिन लागेका हुन  । दिल्ली सरकारले तेस्रो महामारी विरुद्ध लड्नका लागि तयारी गर्न गत मे २७ मा १३ सदस्यीय एउटा समिति समेत गठन गरेको छ । उनीहरुले पनि विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरेर सरकारलाई सुझाव दिने उनले जानकारी दिए । 

स्वास्थ्य सेवाका लागि आवश्यक भौतिक संरचना, अक्सिजन प्लान्ट, औषधीको पर्याप्ततालगायतका विषयमा ध्यान दिनु पर्नेमा अधिकांशको सुझाव रहेको पाइएको छ । मुख्यमन्त्री केजरीवालले अर्को ८ सदस्यीय विज्ञ टोली पनि बनाउनु भएको छ । त्यसले तेस्रो चरणको महामारी व्यवस्थापनमा सुझाव सल्लाह दिने बताइएको छ । पिटिआई

प्रतिक्रिया दिनुहोस