
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो र चौथो लहर आउन सक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको हो ।
मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ- कोरोना भाइरसको प्रथम र दोस्रो लहरले अत्याधिक मात्रामा पौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी पौढ र युवा लक्षित मात्र हुन पुगेको छ । देस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तीमा २० प्रतिशत शैया कोरोना संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरि तयारी अवस्थाका राख्न अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस