
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा हालका कार्यवहाक अध्यक्ष पुरुषोत्तमप्रसाद खनालदेखि नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य समेतको नाम रहेको छ ।
अन्य अध्यक्षका आकांक्षिहरुमा देवनारायण यादव, अनिलकुमार झा, दिपकराज जोशी, रोहित रौनियार, डा.नन्दविक्रम अधिकारी,गोविन्द प्रसाद दाहाल, मधुसुधन कर्माचार्य, दिल्लीप्रसाद चौधरी, प्रकाश बराल र सुरेशकुमार कार्की रहेका छन् ।
यसभन्दा पहिला अध्यक्षका लागि आवेदन दिएकाले पनि पुन नाम हालेका छन । अनिलकमार झा, बुद्धिप्रसाद आचार्य( नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक), रोहित रौनियार र पुरुषोत्तमप्रसाद खनाल(वर्तमान कार्यवहाक अध्यक्ष)ले यसभन्दा पहिला पनि अध्यक्षका लागि आवेदन दिएका थिए ।
नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदका लागि जेष्ठ २७ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको थियो । उक्त आवेदनबाट व्यवसायीक कार्ययोजना प्रस्तुतबाट छनौट भएकालाई मन्त्रालयले तीन चरणमा अन्तवार्ताका लागि बोलाएको थियो ।
असार १६ गते देवनाराण यादव, अनिलकुमार झा, दिपकराज जोशी र रोहित आचार्यलाई अन्तरवार्तामा बोलाएको थियो । त्यस्तैगरि, दोस्रो चरण असार १७ गते मंगलबार डा. नन्द विक्रम अधिकार, गोविन्दप्रसाद दाहाल, पुरुषोत्तमप्रसाद खनाल र मधुसुधन कर्माचार्यलाई अन्तरवार्तामा बोलाएको थियो ।
त्यस्तैगरि बुधबार असार १८ गते दिल्लीप्रसाद चौधरी, प्रकाश बराल, सुरेशकुमार कार्की र बुद्धिप्रसाद आचार्यलाई अन्तरवार्ताका लागि बोलाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस