
काठमाडौं । नेपालमा ४४७२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३३७० जना र एन्टीजेन परिक्षणबाट ११०२ जना गरि जम्मा ४४७२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ९१ हजार ४९४ रहेको छ । संक्रमित मध्ये चार लाख ९७ हजार९६० जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ८५ हजार ५४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ९२ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७९९० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस