aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

भारतयमा पनि कोभाक्सिन खोप परीक्षणका लागि बच्चाहरूको स्क्रीनिंग शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
भारतयमा पनि कोभाक्सिन खोप परीक्षणका लागि बच्चाहरूको स्क्रीनिंग शुरु

एजेन्सी । अखिल भारतीय मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइंसेज (एम्स), दिल्लीले सोमबारदेखि भारत निर्मित कोविड १९ भ्याक्सिन कोभाक्सिनको क्लिनिकल परीक्षणको लागि बच्चाहरूको स्क्रीनिंग सुरु गर्ने अपेक्षा गरिएको छ।

यस परीक्षण का‌ लागि एम्स दिल्लीले ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया (डीजीसीआई)बाट अनुमति लिएको थियो। मे १२ मा विषय विशेषज्ञ समिति (एसईसी) द्वारा सिफारिस भए पछि डीजीसीआईलाई यस परीक्षण का लागि अनुमोदन दिइएको थियो।

गत हप्ता, एम्स पटनाले १२ देखि १८ वर्ष बीचका बच्चाहरूमा भारत बायोटेक खोपको लागि यस्तै परीक्षण सुरू गरेको थियो। परीक्षणको लागि चयन गरिएका बच्चाहरूले २८ दिनको अंतरालमा खोपका दुई खुराक प्राप्त गर्नेछन्। त्यसपछि ती बच्चाहरूमा खोप कसरी काम गर्दछ भनेर अध्ययन गर्न विभिन्न मापदण्ड का अनुसार मूल्याङ्कन गरिनेछ।

भारतले यस वर्ष जनवरी १६ देखि चरणबद्ध रूपमा विश्वको सबैभन्दा ठूलो खोप अभियान सुरू गरेको थियो। सर्वप्रथम स्वास्थ्यकर्मीहरूलाई खोप लगाइएको थियो। भारतले प्रयोगका लागि तीन कोभिड १९ खोपहरू अनुमोदन गरेको छ ( भारत बायोटेकको कोभाक्सिन, एस्ट्राजेनेका को कोभिशिल्ड र रसियाको स्पुतनिक भि ५ रहेको छ । कोभाक्सिन र कोभिशिल्ड भारतमा निर्माण भइरहेको छ। भारतमा स्पुतनिक भीको निर्माण पनि अगस्टमा सुरु हुने अपेक्षा गरिएको छ।

यद्यपि भारतमा प्रयोग भ्याक्सिनहरू बच्चाहरूको लागि प्रयोगका लागि अनुमोदन गरिएको छैन। नीति आयोग सदस्य ९स्वास्थ्य० वीके पॉले गत महिना भनेका थिए कि चरण २र३ परीक्षण दुई देखि १८ वर्ष बीचका बच्चाहरु मा गरिनेछ।

संयुक्त राज्य अमेरिका र क्यानडाले फाइजर(बायोएनटेकको खोपलाई बच्चाहरूको केही उमेर समूहहरूमा प्रयोगका लागि स्वीकृती दिएको छ। चीनले पनि ३ देखि १७ वर्ष बीचका बच्चाहरूको लागि चिनियाँ फर्म सिनोवाकद्वारा निर्मित कोविड १९ खोप कोरोनाभ्याकको आपतकालिन प्रयोगलाई अनुमोदन गरिसकेको छ। इण्डिया न्युजनेटवर्क
 

प्रतिक्रिया दिनुहोस