aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
थप ५१५३ जनामा कोरोना संक्रमण, १०८ जनाको मृत्यु

काठमाडौं । नेपालमा ५१५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३८७० जना र एन्टीजेन परिक्षणबाट १२८३ जना गरि जम्मा ५१५३ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या पाँच लाख ९५ हजार ३६४ रहेको छ । संक्रमित मध्ये पाँच लाख ४ हजार ५३० जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ ।        

पछिल्लो २४ घण्टामा  ६५७० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १०८ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८०९८ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस