aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप ४३४४ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ जेठ २०७८
थप ४३४४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा ४३४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ३४४९ जना र एन्टीजेन परिक्षणबाट ८९५ जना गरि जम्मा ४३४४ जना नयाँ संक्रमित थपिएका हुन् ।   

आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका ८५, ललितपुरका १५१ र काठमाडौंका १७९ जना रहेका छन् । हाल संक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ । 

पछिल्लो २४ घण्टामा ५७६८ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुने दर ८४ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या ८१ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस