
काठमाडौं । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । निजामती सेवामा लामो अनुभव हासिल गगरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ । उहाँका दुई छोरा र एक छोरी छिन ।
प्रतिक्रिया दिनुहोस