
एजेन्सी। मङ्गोलियाको कोरोना विरुद्धको खोपको सफलता अन्तर्राष्ट्रिय खोप परियोजनामा नै एक अप्रत्याशित सफलताको कथा बनेको छ। गरिब जनसङ्ख्या रहेको यो मुलुकमा धेरैजसो ग्रामीण र दक्षिणी भागमा चीनसँग जोडिएका गाउँहरूको स्तर निकै कमजोर छ। उत्तर पूर्वीय भेगमा रसियाको स्रोत साधनको प्रयोगले केही धनी बस्तीहरू सहितको यो भूपरिवेष्टित देश हो ।
केही महिना अघि खोपबारे छिमेकीहरूसँग सम्झौता गर्ने कदमका कारण र अन्तर्राष्ट्रिय स्तर नै कायम गर्ने खोपको दरका कारण यसले विश्वको ध्यान आकर्षित गर्यो। तर पछिल्ला दिनमा मङ्गोलियामा कोभिड-१९ का सङ्क्रमित हुनेको दर बढेको छ। जसले चीनको खोपको प्रभावकारितामाथि प्रश्न उठाएको हो।
मङ्गोलियाको आधाभन्दा बढी जनसङ्ख्या पूर्ण खोप लगाइएको छ। तर, यसको बाबजुद पनि बुधवार त्यहाँ कोरोनाभाइरसको सङ्क्रमणका १३१२ नयाँ घटनाहरू रिपोर्ट गरिएको छ। गएको जनवरी यता त्यहाँ कुल सङ्क्रमण ७० हजार करिब पुगेको छ। न्यु योर्क टाइम्स डाटाबेसका अनुसार गत दुई हप्तामा नयाँ दैनिक सङ्क्रमण ७० प्रतिशत भन्दा बढिले बढेको छ।
यो देशले रसिया र चीनबाट खोपको पर्याप्त मात्रा सजिलो गरी सुरक्षित गरी सकेको छ। तर, जसरी यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दै जान्छ त्यति नै चीनको सिनो फर्मको खोपको विश्वसनीयतामा प्रश्न उठ्छ। यो किनभने सो खोपको अन्तिम चरणको परीक्षण डेटामा पारदर्शिताको कमी भएका कारण छानबिनमा छ।
यस खोपले अझ बढी प्रश्नहरूको सामना तब गर्यो जब टापुको देश सेशेल्समा सिनो फर्मको खोप त्यहाँको ठुलो जनसङ्ख्यामा लगाइएको भए पनि सङ्क्रमित हुनेको सङ्ख्या बढ्यो। यद्यपि अधिकांश व्यक्ति गम्भीर बिरामी भने भएनन्।तथापि मङ्गोलियामा देखिएको बढ्दो सङ्क्रमणले चिनियाँ खोपको प्रभावकारितामा प्रश्न भने उब्जिएको छ।
"सिनोवाक र सिनो फर्म जस्ता निष्क्रिय खोपहरू सङ्क्रमणको विरुद्ध त्यति प्रभावकारी हुँदैनन् तर गम्भीर रोगको विरुद्ध अत्यन्त प्रभावकारी हुन्छन्," हंगकंग युनिभर्सिटी अफ पब्लिक हेल्थ विश्वविद्यालयका महामारी रोग विशेषज्ञ तथा बायोट्याटिस्टियन बेन कोलिंगले भनेका छन् । "मङ्गोलियामा सङ्क्रमणको दरमा वृद्धि भए पनि मेरो बिचारमा त्यहाँ ठुलो सङ्ख्यामा अस्पताल भर्ना हुनेछैन," उनले थपे।
चीनको सिनो फर्म खोपको प्रभावकारिताको बारेमा शङ्काहरू महिनौँदेखि फैलँदै आएको छ। किनकि फाइजर र मोडर्ना-बायोटेकका नयाँ एनआरएनए खोपहरूको तुलनामा यो खोप कम प्रभावकारी देखाइएको थियो।
केही क्षेत्रमा भाइरसको उत्परिवर्तन स्वरूप चाँडो फैलिन सक्छ। त्यसैले जनसङ्ख्याको ठुलो हिस्साले खोप लगाए पनि मानिसहरू सङ्क्रमित हुन् सक्छन्। बेलायतले आधा भन्दा बढी वयस्कलाई खोप लगाएको भए पनि डेल्टा भेरिएन्ट सम्बन्धित सङ्क्रमितको वृद्धि भइरहेको छ।
प्रतिक्रिया दिनुहोस