
काठमाडौं । नेपालमा ३७५० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट २७०९ जना र एन्टीजेन परिक्षणबाट १०४१ जना गरि जम्मा ३७५० जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ४ हजार ३९६ रहेको छ । संक्रमित मध्ये पाँच लाख २० हजार ८१६ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ७५ हजार २७५ रहेको छ ।
पछिल्लो २४ घण्टामा ५२२५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ६७ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस