काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ८६.२ प्रतिशत पुगेको छ । गएको २४ घण्टामा पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ परिक्षण गर्रिकोमा थप ३७५० जनामा संक्रमण पुष्टि भएका छन । भने, २४ घण्टामा काृरोनाबाट ५२२५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस