
एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ विरुद्ध हाल विश्वभर लगाइँदै गरेको खोपले गर्ने सुरक्षा सम्बन्धमा एक महत्त्वपूर्ण बयान जारी गरेको छ। डब्ल्यूएचओका अनुसार खोपले मानिसको शरीरमा कोरोना भाइरस विरुद्ध कहिलेसम्म लड्छ र स्वास्थ्य सुरक्षा प्रदान गर्छ भन्ने यो विश्वको स्वास्थ्य सम्बन्धी सर्वोच्च निकायलाई नै कुनै जानकारी छैन।
तर, यसले मृत्यु हुने दर र अस्पताल नै भर्ती हुनु पर्ने अवस्थाबाट भने रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास गरिएको छ।
डब्ल्यूएचओलाई यस सम्बन्धमा सोधिएको प्रश्नमा प्राप्त जवाफ भन्दै बीबीसीले लेखेको छ - 'यो खोपले मान्छेहरूलाई कति समयसम्म सुरक्षा प्रदान गर्दछ भन्ने बारेमा हामीसँग पूर्ण जानकारी छैन।'
डब्ल्यूएचओले यो पनि स्वीकार गरेको छ कि अहिलेसम्म उपलब्ध सबै खोपहरूका बारे कुनै जानकारी छैन कि यिनले खोप लगाएको कहिले देखि खोप लगाएका व्यक्तिहरूलाई सुरक्षा प्रदान गर्छन्। तर, आगामी १२ महिनासम्ममा यसबारे सही सूचना उपलब्ध हुने डब्ल्यूएचओले विश्वास गरेको छ।
डब्ल्यूएचओले भनेको छ, "सबै खोपहरूको सुरक्षा फरक हुन सक्छ। उदाहरणको लागी मौसमी इन्फ्लूएन्जा खोप हरेक वर्ष दिइन्छ किनभने भाइरसले आफ्नो रूप परिवर्तन गर्न जारी राख्छ र केही महिनापछि खोपको सुरक्षा कम हुन्छ।"
जबकि दादुरा वा चेचकको खोपले धेरै वर्ष वा जीवनको लागि सुरक्षा प्रदान गर्दछ। कोरोना भाइरसले धेरै रूपहरू बनाउँछ, यसले दुनियाँको धेरै देशहरूमा पुगेर आफ्नो रूप परिवर्तन गरेको छ। वैज्ञानिक समुदाय र नियमकर्ताहरूले हालको भ्याक्सिनले नयाँ भेरियन्टबाट सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर अनुसन्धान गरिरहेका छन्।
हाले धेरै खोप निर्माताहरू विभिन्न भेरियन्टसँग लड्न सक्ने खोपहरू बनाइरहेका छन्। आशा गरिएको छ कि यी खोपहरू 'बुस्टर सट'सँगै आउनेछन् जसले कोरोनाका अनेकौँ रूपहरूबाट समेत सुरक्षा बढाउनेछ। (बीबीसी हिन्दीको सहयोगमा)
प्रतिक्रिया दिनुहोस