aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१२ वर्षपछि अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
१२ वर्षपछि अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

घरेलु टोली ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान भएको सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको हो । ब्राजिलको जितमा गाब्रियल जेसुस र रोबर्टो फिर्मिनोले गोल गरे । 

खेलको १९ औं मिनेटमा ब्राजिलका लागि जेसुसले गोल गर्दै अग्रता दिलाए । मिडफिल्डबाट कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनोलाई दिएको पासमा जेसुसले गोल गरेका थिए । 

दोस्रो हाफको सुरुवात देखिनै अर्जेन्टिनाले ब्राजिललाई दबाबमा राखेको थियो । तर, गोल भने गर्न सकेन । ब्राजिलले ७१ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दोब्बर बनायो । काउन्टर अट्याकमा अगाडी बढेको ब्राजिलका लागि रोबर्टो फिर्मिनोले गोल गरे । उनलाई जेसुसले पास उपलब्ध गराएका थिए । 

खेलको अन्तिम समय दुवै टोलीका खेलाडी पटक पटक आक्रामक रुपमा देखिएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा रेफ्रीले ७ पहेंलो कार्ड देखाएका थिए । थप समयमा गोल हुन नसकेपछि ब्राजिल फाइनल प्रवेश गर्यो । ब्राजिलले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै प्रतियोगितामा कुनै गोल नखाएको सिलसिला कायम नै राख्यो ।ब्राजिल सन् २०१२ पछि पहिलो पटक फाइनलमा पुगेको हो । ब्राजिलले उपाधिका लागि चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस