aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा २४०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६९४ जना र एन्टिजन परिक्षण गर्दा ७१३ जना गरि जम्मा २४०७ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

आज थपिएका कोरोना संक्रमितमध्ये भक्तपुरका ५८ जना, ललिपुरका ११२ जना र काठमाडौं ४८३ जना रहेका छन् । हाल संक्रिय संक्रमितको संख्या ६८ हजार ९१० रहेको छ भने पछिल्लो २४ घण्टामा ३९९३ जना कोरोनामुक्त भएका छन् ।   

कोरोना परिक्षणदर घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २८ हजार ९४२ रहेको छ । 

हाल सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, कैलाली, धनुषा, दाङ, सिन्धुपालचोक र झापा रहेका छन् ।  
 

 

प्रतिक्रिया दिनुहोस