aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

भारतमा  छैठौं दिन दैनिक नँया संक्रमित संख्या एक लाखभन्दा कम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३० जेठ २०७८
भारतमा  छैठौं दिन दैनिक नँया संक्रमित संख्या एक लाखभन्दा कम

नयाँ दिल्ली । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार बिहानसम्म जारी गरेको तथ्यांक अनुसार ७१ दिनपछि भारतमा गत २४ घण्टामा ८० हजार ८ सय ३४ नँया संक्रमित संख्या दर्ता गरिएको छ। यसका साथ लगातार छैठौं दिन दैनिक नँया संक्रमित संख्या एक लाख भन्दा कम रेकर्ड गरिएको छ।

पछिल्ला केही हप्ताहरूमा देशमा लगातार सक्रिय केसलोडमा कमी आएको छ ‌। देशको सक्रिय केसलोड १० लाख २६ हजार १ सय ५९ मा कायम रहेको छ। लगातार १३ दिन सो संख्या २० लाख भन्दा कम मा कायम रहँदै आएको छ।

गत २४ घण्टामा ५४ हजार ५ सय ३१ ले कमी आएर देशको सक्रिय केस सकारात्मक केसको ३.४९५ मात्र रहेको छ ‌‌। यसै बीच, लगातार ३१औं दिन पनि भारतको दैनिक संक्रमण मुक्त हुने संख्या दैनिक नँया संक्रमित संख्या भन्दा बढी देखिएको छ।

पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ६२ जना संक्रमण मुक्त भएका छन्। गत २४ घण्टामा नँया संक्रमित संख्या भन्दा संक्रमण मुक्त हुने संख्या ५१ हजार २ सय २८ ले‌ बढी दर्ता गरिएको छ।

हाल मुलुकमा कोविड १९ परीक्षण मा गति दिइएको छ र पछिल्लो २४ घंटामा १९ लाख ३ सय १२ परीक्षण गरिएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशमा ३७.८१ करोड भन्दा बढी (३७,८१,३२,४७४) परीक्षण गरिएको छ।

एकतर्फ परीक्षण मा उल्लेखनीय गति ल्याइएको छ अर्कोतिर साप्ताहिक सकारात्मक दरमा पनि लगातार कमी आउने क्रम जारी नै छ। साप्ताहिक सकारात्मकता दर हाल ४.७४ प्रतिशत मा कायम रहेको छ भने दैनिक सकारात्मक दर हाल ४।२५५ मा दर्ता गरिएको छ। लगातार २०औं दिन पनि सकरात्मक दर १०५ भन्दा कम मा कायम रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस