aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोना संक्रमित भन्दा निको हुने धेरै, आज २९१८ जना थपिँदा ५१४७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ जेठ २०७८
कोरोना संक्रमित भन्दा निको हुने धेरै, आज २९१८ जना थपिँदा ५१४७ जना निको भए

काठमाडौं । नेपालमा २९१८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट २०४९ जना र एन्टीजेन परिक्षणबाट ८६९ जना गरि जम्मा २९१८ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख १० हजार ५२१ रहेको छ । संक्रमित मध्ये पाँच लाख ३६ हजार २५२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।        

पछिल्लो २४ घण्टामा ५१४७ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५३ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८४६५ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस