aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गण्डकीका मन्त्री दिपक मनांङेलाई कारवाही गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
गण्डकीका मन्त्री दिपक मनांङेलाई कारवाही गर्न माग

कास्की । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ(मनांङे)लाई कारवाहीको माग गरेको छ । राखेपले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र   सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र  लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो । 

खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु  खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस