aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लक्ष्मी बैंकको युरो कप योजना अनुमान लगाउनुहोस् पुरस्कार जित्नुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ असार २०७८
लक्ष्मी बैंकको युरो कप योजना अनुमान लगाउनुहोस् पुरस्कार जित्नुहोस्

काठमाडौं । यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैै फुटबलका फ्यानहरु मात्र नभई अन्य सर्वसाधारणहरुमा समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ ।  सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिली ‘‘Predict and Win’ ’ क्याम्पेन ल्याएको छ । 

यो क्याम्पेन युरो कप २०२१ सुरुभएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ। यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट subscription निःशुल्क पाउन सक्ने कम्पनीले जनाएको छ । 

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गर्नपर्ने छ  । त्यस्तै मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नुहुनेछ ।

 मोबाईल मनी को ’फोन–पे डैरेक्ट’ वा अन्तर बैंक नगद ट्रान्स्फर बाट नगद ट्रान्सफर गर्दा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ । यति गरेपछि नै यस क्याम्पेनमा सहभागी हुन सकिनेछ ।

क्यम्पेनको अवधि पछि युरो कपे विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने बैंकले जनाएको छ । विजेताले  १ वर्षको ईन्टरनेट सब्स्क्रिप्सन निशुल्क पाउनुहुनेछ । जती धेरै पटक नगद ट्रान्स्फर गर्नुहुन्छ, त्यती नै धेरै जित्ने मौका पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस