aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०८२ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ असार २०७८
थप २८२८ जनामा कोरोना संक्रमण पुष्टि, ३०८२ जना निको भए

काठमाडौं । नेपालमा २८२८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २०१४ जना र एन्टिजन परिक्षण गर्दा ८१४ जना गरि जम्मा २८२८ जना नयाँ संक्रमित थपिएका हुन् । 

पछिल्लो २४ घण्टामा ३०८२ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५२ रहेको छ । तुलनात्मकरुपमा कोरोना परिक्षणदर घट्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको कोरोना परिक्षण गरिएको छ ।    

हाल सबैभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, कैलाली, धनुषा, दाङ, सुर्खेत र चितवन रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस