aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रोनाल्डोले बोतल हटाउँदा कोकोकोलाको ४ अर्व डलर नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
रोनाल्डोले बोतल हटाउँदा कोकोकोलाको ४ अर्व डलर नोक्सान

काठमाडौँ। पोर्चुगल फुटबल टीमका कप्तान क्रिस्टियानो रोनाल्डोको क्रोधको कारण कोल्ड ड्रिंक निर्माता कोका कोलाले २४२ अर्ब डलर गुमाएको छ। पत्रकार सम्मेलनमा आफ्नो अगाडी राखिएका दुईवटा कोकका बोतल पन्छाउँदै रोनाल्डोले पानि पिउनुहोस् भन्दै पानीको बोतल उचालेका थिए। 

यो घटन पछि विश्वको सर्वाधिक ठुलो कोल्ड ड्रिंक्स उत्पादन कोकाकोलाको शेयर मुल्यमा  किनकि यस घटना पछि स्टक बजारमा कम्पनीको शेयर मूल्यमा १.६ प्रतिशतले गिरावट आएको छ। प्रति शेयर मुल्य ५६.१० डलर रहेको यो कम्पनीको शेयर भाउ यो घटना पछी ५५.२२ डलरमा झरेको हो। 

यसरी सेयरको गिरावटका कारण कम्पनीको बजार मूल्य पनि घट्दा सो कम्पनीको ४ अर्व डलर गुमेको छ। अष्ट्रेलियाली एसोसिएटेड प्रेसका अनुसार कोकाकोलाको बजार मूल्य २४२ अर्ब डलरबाट झरेको २३८ अर्ब डलरमा आईपुगेको छ। रोचक त यो छ कि कोका-कोला यूईएफए यूरो कपको आधिकारिक प्रायोजक समेत हो। यस अन्तर्गत अहिले ११ देशहरूमा खेल भइरहेको छ।

३६ वर्षीय रोनाल्डो आफ्नो अनुशासित आहारको कारण पनि निकै प्रसिद्ध छन्। उनि फिट रहनको लागि कुनै पनि प्रकारको कोल्ड ड्रिंक र यस्ता प्रकारका पेयहरूबाट टाढा रहन्छन्। रोनाल्डोको फिटनेस डाईटका फ्यानहरूमध्ये भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलगायत विश्वका धेरै खेलाडीहरू छन् ।

पोर्तुगाल टीमलाई यस वर्ष कठिन समुह अर्थात ग्रुप अफ डेथमा राखिएको छ। जर्मनी, फ्रान्स र हंगेरी पोर्चुगल एउटा समूहमा छन्। फ्रान्स फिफा वर्ल्ड कप च्याम्पियन हो भने जर्मनी ३ पटकको यूरो च्याम्पियन हो। पोर्तुगालले २०१६  को यूरो कपको फाइनलमा फ्रान्सलाई हराएको थियो र पहिलो पटक युरोपको च्याम्पियन बनेको थियो।

प्रतिक्रिया दिनुहोस