aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ असार २०७८
थप २६०७ जनामा कोरोना संक्रमण, २१४१ जना निको भए

काठमाडौं । नेपालमा २६०७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १७६८ जना र एन्टीजेन परिक्षणबाट ८३९ जना गरि जम्मा २६०७ जना नयाँ संक्रमित थपिएका हुन् ।        

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ रहेको छ । संक्रमित मध्ये पाँच लाख ४५ हजार ६६२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको छ ।         

पछिल्लो २४ घण्टामा २१४१ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३९ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८५९७ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस