
काठमाडौं । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जाका बाढीपीडितहरुलाई सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको छ । टेलिकमले १०० रुपैयाँ ब्यालेन्स सिन्धुपाल्चोक तथा स्याङ्जामा बाढीपहिरोबाट पीडितका लागि निशुःल्क प्रधान गर्ने जनाएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्मार्ट टेलिकमले आप्mना सम्पूर्ण प्रयोगकर्ताहरुलाई १०० रुपैयाँ ब्यालेन्स सहयोग प्रदान गरेको हो ।
ग्राहकहरुलाई प्राप्त ब्यालेन्स यस कठिन परिस्थितिमा आफ्नो नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नको लागि उपयोगी हुने कम्पनीले विश्वास गरेको छ । उक्त ब्यालेन्स रकमबाट स्मार्ट नेटवर्कभित्र अननेट कल गर्न तथा डाटा चलाउने सुविधा प्रदान गरिएको छ । उक्त ब्यालेन्स ७ दिन भित्र सकिसक्नु पर्ने छ ।
स्मार्ट आफ्ना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको जनाएको छ । स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले दिन्छ तपाईलाई धेरै’का साथमा स्मार्ट टेलिकमले विगतका समयमा पनि आप्mना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ ।
ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नु हुनेछ वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal वा वेजपेज www.smarttel.com.np मा लग इन गर्न सक्नु हुनेछ ।
प्रतिक्रिया दिनुहोस