aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एप्पललाई टप्दै माइक्रोसफ्ट बन्यो ठूलो बजार पूँजीकरण भएको कम्पनी

एप्पललाई टप्दै माइक्रोसफ्ट बन्यो ठूलो बजार पूँजीकरण भएको कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ मंसिर २०७५
एप्पललाई टप्दै माइक्रोसफ्ट बन्यो ठूलो बजार पूँजीकरण भएको कम्पनी

एजेन्सी, मंसिर १६ । एप्पललाई पछि पार्दे माइक्रोसफ्ट दुनियाँको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ ।

१६ बर्षपछि माइक्रोसफ्टले दुनियाँको सबैभन्दा ठूलो कम्पनीका रुपमा आफ्नो स्थान लिएको जनाएको छ । शुक्रबार अमेरिकी शेयर बजार बन्द भएसँगै माइक्रोसफ्टको भ्यालूएसन ८५१.२ अर्ब डलर अर्थात् करिब ९५ लाख करोड रुपैयाँ रह्यो ।

सन् २००२ पछि पहिलोपटक माइक्रोसफ्ट बजार पूँजीकरणमा अग्र स्थानमा आएको हो । एप्पल सन् २०१२ देखि सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीका रुपमा पहिलो स्थानमा रहदै आएको थियो ।

शुक्रबार माइक्रोसफ्टको शेयर मूल्य ११०.८९ अर्ब डलर र एप्पलको शेयर मूल्य १७८.६८ डलर रह्यो । हप्ताभरीमा माइक्रोसफ्टको बजार पूँजीकरण कयौँ पटक धेरै रहेको थियो । तर काराबारको अन्तिम दिन एप्पलभन्दा माइक्रोसफ्ट तल रह्यो ।

एप्पल यो बर्ष अगस्टमा एक ट्रिलियन डलर भएको पहिलो अमेरिकी कम्पनी बनेको थियो । तर नोभेम्बर महिनामा यसको शेयरमा १६ प्रतिशत गिरावट आयो ।

सन् २०१४ पछि ४ बर्षको अवधिमा माइक्रोसफ्टको शेयर मूल्य तीन गुणाले बढेको छ ।

प्रतिक्रिया दिनुहोस