aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

शाओमीले भित्र्यायो रेडमी नोट १० एस, कति पर्छ मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
शाओमीले भित्र्यायो रेडमी नोट १० एस, कति पर्छ मूल्य ?

काठमाडौं । शाओमी नेपाल, ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा रेडमी नोट १० एस को लन्च गरेको छ । रेडमी नोट १० एस एक स्लिक डिजाइन, स्टनिंग क्यामेरा, स्याभेज पर्फमेन्स र स्मुथ डिस्प्लेको साथ आउँछ । 

यो पहिलो उपकरण हुनेछ जुनअहिले सम्मको क्लिनेस्ट मीयुआईएक्सपेरियन्स आउट–अफ–द–बक्सको मीयुआई १२.५ (अन्तरिम)को साथमा उपलब्ध हुनेछ । रेडमी नोट १० एस क्वाड क्यामेरा सेटअपको साथ आउँछ । जसमा ६४ एमपीको प्राइमरी क्यामेरा, ८ एमपीको अल्ट्रा–वाइड लेन्स, २ एक्स क्षमताको साथ २ एमपीको म्याव्रmो क्यामेरा र २ एमपीको डेप्थ सेन्सरको फिचर रहेको छ । 

११८ डिग्रीको फिल्ड अफभ्यूको साथ रेडमी नोट १० एसले प्रयोगकर्ताहरुलाई ग्रुपफोटोहरु र ल्यान्डस्केप शट्सहरु सजिलै कब्जागर्न मद्दत गर्दछ । क्यामेरा एप्लिकेशनको मीयुआई कस्टमाइजेसनलाई स्काइस्केपिंग, कलर फोकस, प्रो कलर र अल न्यू प्रो टाइम–ल्याप्स मोडका साथनयाँयुगकासोसियल मिडिया व्रिmयटरहरुलाई निर्माण गरिएको छ । 

यो नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई एकदमै जटिल अवस्थाको प्रकाशमापनि टाइम ल्याप्सहरु शुटगर्न मद्दत गर्दछ। रेडमी नोट १० एसले क्वालिटी सेल्फीकालागि १३ एमपीको फ्रन्ट इन–डिस्प्ले क्यामेराको सुविधा प्रदान गर्दछ ।

रेडमी नोट १० एस तीनवटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ । जसमा डीप सी ब्लु, फ्रोस्ट वाइट र श्याडो ब्लयाक रहेका छन् ।  रेडमी नोट १० एस अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु २० जुन २०२१ बाट उपलब्ध हुनेछ । यस फोनको ६ जीबी+६४ जीबी भएको २४ हजार ९९९ पर्छ भने ६ जीबी+१२८ जीबी भएको २६ हजार ९९९ पर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस