
काठमाडौं । नेपालमा २४४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १४२१ जना र एन्टीजेन परिक्षणबाट १०२१ जना गरि जम्मा २४४२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २१ हजार ५६ रहेको छ । संक्रमित मध्ये पाँच लाख ५६ हजार ७९८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ५५ हजार ३३२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३४५६ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ५१ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८७२६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस