aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

ललितपुरमा २२६ पत्रकारले लगाए भेरोसेल खोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
ललितपुरमा २२६ पत्रकारले लगाए भेरोसेल खोप

ललितपुर । चीनबाट अनुदानमा प्राप्त भएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।

ललितपुर शाखामा सदस्य रहेका कूल ४७३ पत्रकारमध्ये २२६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए । उनले भने, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाए । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आबद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिड सिल्ड खोप लगाइसकेको जनाइएको छ  ।

प्रतिक्रिया दिनुहोस