aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
सरकारी डिजिटल डाटाको सुरक्षामा ध्यान दिन निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारी डिजिटल डाटाको सुरक्षामा विशेष ध्यान दिन राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई निर्देशन दिएकी छिन ।  सिंहदरबारस्थित केन्द्रको कार्यालयको निरीक्षणका क्रममा मन्त्री थापाले सरकारी तथ्याङ्कको सुरक्षाको प्रश्न राष्ट्रियतासँग जोडिएकाले गोपनीयतामा कुनै सम्झौता गर्र्न नहुने बताइन ।
 
उनले सूचना प्रविधिका क्षेत्रमा लगानी बढाइने बताउँदै प्रविधि केन्द्रलाई मन्त्रालयका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन । सो अवसरमा सञ्चार सचिव हरिप्रसाद बस्यालले प्रविधि केन्द्रलाई क्षमता विस्तारको योजना बनाउन निर्देशन दिए । केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले केन्द्रको कार्यक्रम र भावी योजनाबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
 
    

प्रतिक्रिया दिनुहोस