काठमाडौं । नेपालमा २२९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५८४ जना र एन्टीजेन परिक्षणबाट ७१३ जना गरि जम्मा २२९७ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० रहेको छ । संक्रमित मध्ये पाँच लाख ५९ हजार ९२८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।
पछिल्लो २४ घण्टामा ३१३० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८७७२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस