aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोरोना निको हुनेदर हालसम्मकै उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ असार २०७८
कोरोना निको हुनेदर हालसम्मकै उच्च

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९७ व्यक्तिमा कोरोनाङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४  जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो । 

सोही अबधिमा ६ हजार ५८३ को पिसिआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पिसिआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६  सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३०  सङ्क्रमित निको भएका छन् ।  यो हालसम्मकै निको  हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको  छ ।

प्रतिक्रिया दिनुहोस