aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप २४२१ जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ असार २०७८
थप २४२१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा २४२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५११ जना र एन्टीजेन परिक्षणबाट ९१० जना गरि जम्मा २४२१ जना नयाँ संक्रमित थपिएका हुन् ।    

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये भक्तपुरका ५७ जना, ललितपुरका ९४ जना र काठमाडौंका ४९७ जना रहेका छन् । अघिल्लो हप्ता भन्दा अहिले कोरोना संक्रमण घट्दो अवस्था रहेको छ । 

मन्त्रालयका अनुसार हाल ५० हजार संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४७ हजार २८६ जना होम आइसोलेशनमा रहेका छन् भने ३२३४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । 

पछिल्लो २४ घण्टामा ३५५८ जना कोरोनामुक्त भएका छन् भने ५२ जनाको कोरोनाबा कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस