
काठमाडौं । आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने भएको छन् । बुधबार भएको वायुसेवा सञ्चालक संघ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफल पछि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको हो ।
सबै वायु सञ्चालकलाई भोलि विहीकार मन्त्रालयमा बोलाएर तालिका स्वीकृत गर्ने तयारी भएको वायुसेवा सञ्चालक संघ प्रवक्ता योगराज शर्माले जानकारी दिए । गत सोमबार मन्त्रीपरिषदले स्वीकृत गरेको निर्देशन अनुसार नै छलफल भएपनि यहि आइतबारबाट उडान हुनेमा वायु सेवा सञ्चालकहरु निश्चित थिए तर, मन्त्रालयले अर्को एक हप्ता पछि सारेको उनले बताए ।
सरकारले दिएको उडान संख्या अनुसार निषेधाज्ञा अगाडि दैनिक १५० वटासम्म उडान भर्ने गरेका ठाउमा अब ५० प्रतिशत वायु सेवा सञ्चालन हुँदा ७० देखि ७५ वटा उडान गर्ने गरी तयारी रहेको प्रवक्ता शर्मा बताउँछन । वायुेवाले कम्पनीले एउटा उडान र अर्को उडानको समय कम्तिमा आधा घण्टा राखेर तालिका बनाउने र सोही अनुसार उडान गर्न स्वीकृति माग्ने जानकारी पनि शर्माले दिए ।
प्रतिक्रिया दिनुहोस