aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कोभिसिल्ड खोपका कारण दिल्लीमा २२ वर्षीय युवतीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० असार २०७८
कोभिसिल्ड खोपका कारण दिल्लीमा २२ वर्षीय युवतीको मृत्यु

एजेन्सी। भारतमा फेरी अर्को एउटा स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ।  त्यहाँ एक २२ वर्षीय युवतीको कोरोना बिरुद्धको खोपका कारण मृत्यु भएपछि खोपको दुष्प्रभाव बारे चिन्ता बढेको छ। 

दि हेल्थसाइन्स डटकमका अनुसार कोभिसिल्ड कोप लगाएपछि उनमा  गम्भीर न्यूरोलोजिकल जटिलता देखिएको थियो।  त्यसैको कारण ती युवतिको मृत्यु भयो। घातक न्यूरोलोजिकल जटिलता देखिएकी राजधानी सहर दिल्लीको एक अस्पतालमा ब्रेन डेड घोषित गरिएको हो। 

प्राथमिक रिपोर्टका अनुसार ती युवतीमा कुनै गम्भीर रोगको कुनै इतिहास छैन। "मृत्युको कारणको पुष्टि गर्न शव परीक्षण रिपोर्टको प्रतीक्षा गरिएको छ," त्यहाँका अधिकारीहरूले भने।

मृतक केटीको परिवारले एक राष्ट्रिय अखबारलाई भने अनुसार उनलाई जून २ तारिखमा कोभिशिल्ट खोप लगाइएको थियो। चाँडै नै उनलाई उच्च ज्वरो आयो र  साथमा लामो समयसम्म टाउको दुख्न थाल्यो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो जहाँ केही रिपोर्टहरूले सुझाव दिए कि उनको दिमागको भेनस साइनसमा रगत जमेको छ। जसको कारण प्लेटलेट द्रुत रूपमा कम हुँदै गइरहेको थियो। 

रिपोर्टका अनुसार, उनलाई जून १४ मा दिल्लीको साकेतको एउटा निजी अस्पतालमा भर्ना गरिएको थियो र उनलाई सुरक्षित राख्न सबै आवश्यक प्रबन्धहरू गरिएको थियो। एक अधिकारीले भने, "जुन १८ बिहान ५ बजे डाक्टरहरूले उनलाई मस्तिष्क मृत घोषित गरे।"

कोभिसिल्ट लिने बित्तिकै रगत जम्ने लक्षणहरू देखिएको यो पहिलो घटना होइन। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले खोप लगाएकामा रगत जम्ने लक्षणहरू देखिएका घटन सूचीबद्ध गरेको थियो। जसमा सबैले कोभिसिल्ड कोभिड १९ खोप लगाएका थिए। विज्ञहरूको भनाइ अनुसार यसले रक्त नलीमा क्लोट बनाउने बनाउँछ।

त्यहाँको स्वास्थ्य मन्त्रालयको सल्लाह सूचिमा उल्लेखित लक्षणहरूमा सास फेर्न गाह्रो हुने, लामो समय गहिरो गरी छाती दुख्ने, अङ्गहरूमा दुखाइ वा अव्यवस्थित रूपमा सुन्निने, लगातार पेट दुख्ने गम्भीर र लगातार टाउको दुखाइ यसका प्रमुख लक्षण हुन्।  त्यसै गरी धमिलो दृष्टि वा आँखामा दुखाइ, दिमाग कमजोर र गर्न नसक्ने अवस्थामा पुग्ने र कुनै कारण बिना लगातार बान्ता हुने यो खोपको प्रतिकुल प्रभावका लक्षण हुन्। 

भारतको कोभिसिल्ड खोप एनआरएनए एस्ट्राजेनेकाको साझेदारीमा उत्पादित खोप हो।

प्रतिक्रिया दिनुहोस