
काठमाडौं । नेपालमा २४७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५७७ जना र एन्टीजेन परिक्षणबाट ८९७ जना गरि जम्मा २४७४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख २९ हजार ४३१ रहेको छ । संक्रमित मध्ये पाँच लाख ७० हजार ९५८ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ रहेको छ ।
पछिल्लो २४ घण्टामा २५१८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या २४ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस