
काठमाडौं । काठमाडौं महानगरपालिको हालै सम्पन्न नगरसभाबाट अतिप्रभावित होटल उद्योगको पुनरुत्थान गर्न सम्पत्ति करमा भारी छुट पाएपछि होटल संघले स्वागत गरेको छ । काठमाडौं महानगरपालिकाका नगरप्रमुख लगायत नगरपालिकाका पदाधिकारीहलाई धन्यवाद व्यक्त गर्दै यस कार्यको होटल संघ नेपाल स्वागत गरेको हो ।
कोभिड–१९ को विषम परिस्थितिमा अतिप्रभावित भई विस्तारै लयमा फर्कन लागेको होटल तथा पर्यटन उद्योग दोस्रो लहरको कोभिड–१९ ले संकटग्रस्त अवस्थामा पुगिसकेको समयमा गत वर्षभन्दा थप गरी छुट प्रदान भएको कारणले होटलहरुलाई ठूलो राहत मिलेको संघले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले होटल संघ नेपालको सुझावलाई मनन गरी गत वर्ष ७५ प्रतिशत र समयमै कर बुझाउनेलाई १० प्रतिशत गरी जम्मा ८५ प्रतिशत छुट उपलब्ध गराएको थियो । कोभिड–१९ को यस अवस्थामामा होटल तथा पर्यटन उद्योग पूर्ववत रुपमा फर्कन अझै ५ वर्ष लाग्ने विज्ञहरुले प्रक्षेपण गरेको समयमा यस उद्योगको संरक्षण गरेको छ ।
सम्वद्र्धनका लागि आव २०७८÷७९ को लागि काठमाडौं महानगरपालिकाले होटलहरुले बुझाउनु पर्ने सम्पत्ति करमा ८० प्रतिशत र २०७८ पुस मसान्तसम्ममा सम्पत्ति कर चुक्ता गरे थप १० प्रतिशत गरी ९० प्रतिशत कर छुट पाएका थिए । साथै, यस किसिमको सहुलियत आगामी वर्षहरुका लागि पनि पर्यटनको अवस्था राम्रो नभएसम्म निरन्तर हुनेमा होटल संघ नेपाल काठमाडौं महानगरपालिका प्रति विश्वस्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस