
काठमाडौं । नेपालमा २४४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट १५०९ जना र एन्टीजेन परिक्षणबाट ९३५ जना गरि जम्मा २४४४ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ रहेको छ । संक्रमित मध्ये पाँच लाख ८८ हजार १८७ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।
पछिल्लो २४ घण्टामा ३८५३ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ४२ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९०५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस